तुलसीपुरमा टिप्परको ठक्करबाट वुवा र छोरा गम्भीर घाइते

तुलसीपुर,१८ जेठ ।
दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार चालक र उनका छोरा गम्भीर घाइते भएका छन् । मोटरसाईकलमै सवार उनकी श्रीमतिको अबस्था भने सामान्य छ । लमही नगरपालिका ५ निवासी चालक ३५ बर्षीय मनोज नेपाली र उनका ५ बर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते छन् । छोरालाई थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको छ ।


वुवालाई पनि थप उपचारकालागि नेपालगञ्ज रेफर गर्ने तयारी छ । सोमबार विहान साढे ५ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । रा ४ प ३३९० नम्बरको मोटरसाईललाई २१९० नम्बरको टिप्परले ठक्कर दिएको हो । तुलसीपुरको गुल्मचोकनेर दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।