दाङ–३ : दीपक गिरी भन्दा कोमल वली ७२५ मतले पछि

दाङ, ६ मंसिर ।
दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वली भन्दा ७२५ मतले अघि छन् । गिरीले ४ हजार ८ सय ८ मत प्राप्त गरेका छन्, भने वलीले ४ हजार ८३ मत प्राप्त गरेकी छन् । ९ हजार ३ सय ८७ मत गन्दा यस्तो परिणाम आएको हो ।

त्यस्तै स्वतन्त्र पार्टीका कमल सुवेदीले एक हजार सातसय २० मत मत ल्याएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए । क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू–तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।


दाङ ३(१) डिल्ली चौधरी अगाडी
दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरी ७१४ मतले अगाडी छन् । ९ हजार ८ मत गन्दा चौधरीले ४१४१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका घनश्याम पाण्डेले ३४२७ मत ल्याएका छन् । यो क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदातामध्ये ४० हजार ५ सय ७० मत खसेको थियो ।

दाङ ३(२) मास्कीको अग्रता
दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश)ले अग्रता कायम राखेका छन् । १२ हजार पाँचसय १३ मत गन्दा माओवादी केन्द्रका मास्कीले ५४८९ र एमालेका हुकुम बस्नेतले ५०७४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४१५ रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।