पत्रे खोलामा बगेर बेपत्ता भएका बिक हापुर खोलामा मृत भेटिए

दाङ, २८ साउन ।
दाङमा पत्रे खोलामा बगेर बेपत्ता भएका घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षका तिलक राम बिक हापुर खोलामा मृत भेटिएको प्रहरीले बताएको छ । शौच गर्न गएका बिक बिहान साढे आठ बजे पत्रे खोलामा बगेर बेपत्ता हुनुभएको थियो ।

खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले दिउसो २ः३५ बजे घोराही उपमहानगरपालिका–९ हापुर खोलाको किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन गौमले जानकारी दिनुभयो ।


बिकको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक मिरा खडकाको कमान्डमा बिजौरी, बेलझुण्डीबाट समेत गरेर १७ जनाको प्रहरी परिचालन गरिएको थियो ।