नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपरासी, ४ मंसिर ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।


उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।