तुलसीपुरमा सबै सामान अब‘ए मार्ट’मा

तुलसीपुर
५ असोज / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घोराही रोडमा ‘ए मार्ट एण्ड सप्लायर्स’ सञ्चालनमा आएको छ ।

उक्त मार्टको विहीबार तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले उद्घाटन गरेका हुन् । उक्त मार्टमा सम्पूर्ण दैनिक उपभोग्य सामान, कस्मेटिकका सामान, पेय पदार्थ, हुक्काको बिभिन्न फिलेवरलगायतका सामानहरु पाईने सञ्चालक बामदेव भण्डारीले बताए । सुपथ मूल्यमा सामानहरु समेत उपलब्ध गराउने गरेको उनले बताए ।

No description available.

त्यस्तै तुलसीपुरमो आईफोन मर्मत गर्ने ठाउँका रुपमा भण्डारी सप्लायर्स एण्ड मोवाईल सेन्टर सञ्चालनमा ल्याईएको छ । मोवाईलको हार्डवयेर तथा सफ्टवेर सम्बन्धि सम्पूर्ण काम गरिने समेत सञ्चालक भण्डारले बताए ।


यी दुबै पसलहरु धनन्जय ग्रुपद्वारा सञ्चालनमा ल्याईएको हो । मार्टलाई बामदेवकी श्रीमति शारदा भण्डारी र छोरी पार्वता भण्डारीले सञ्चालन गरिरहेकी छन्, भने मोवाईलमा बामदेव र उनका छोरा विमल भण्डारीले सञ्चालन गरिरहेका छन् ।

No description available.