तुलसीपुरः पहिले खसेका मत बदर गर्ने सहमति पछि पुन: मतदान

दीपक बोहरा
दाङ, ४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्रको मतदान पुन: सुरू भएको छ । प्रतिनिधिसभाको नदिएर प्रदेशसभाको मात्रै पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो ।

दाङ क्षेत्र नं. ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेलेका अनुसार पहिले खसेका ९१ वटा मत नै बदर गरि पुन: मतदान कार्य सूचारू गरिएको छ ।


अधृतिक न्यौपानेका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि अहिले मतदान कार्य रोकिएको थियो । कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ । सोही मतदान केन्द्रमा ७ सय ६८ मतदाता रहेका छन् । दिउसो पौने १ बजेतिर पुन: मतदान सुरू भएको हो ।