तुलसीपुर
१९ माघ / दाङमा नेटवर्किङ व्यबसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्हरी कार्यालय दाङका अनुसार पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनलाई प्रक्राउ गरिएको हो ।
ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो । तिनै जना होटेल सञ्चालक भएपनि उनीहरुको नाम भने गोप्य राखिएको छ ।
उनीहरुले दुई महिनामा पैसा डबल हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर, साफिरलगायतमा लगानी गर्न भन्दै अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
लाइभदाङ । १९ माघ २०७८, बुधबार २१:४० बजे