मास्कीले बजेट सुनिश्चित गरेपछि अलपत्र स्वास्थ्य भवन निर्माण सुरु

तुलसीपुर,१५ चैत । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले बजेट बिनियोजन गरेपछि तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीको भवन सिलन्यास भएको छ ।

उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् । ८ बर्षदेखि सोही स्थानमा स्वास्थ्य भवन अधुरो थियो ।


सोही अबस्थामा रहेको भवनलाई प्रदेशको अर्थमन्त्री हुँदा मास्कीले २० लाख रुपैयाँ सुनिश्चित गरेपछि उपमहानगरपालिकाले बहुबर्षिय योजनाका रुपमा अघि बढाएको छ । जुन योजना २९ लाख लागतमा निर्माण हुँदैछ ।

भवन निर्माण भएपछि स्थानीय खुसी भएको बेद बोहराले बताए ।