दीपक पोख्रेल
जब–जब देशमा संकट पर्छ तब पार्टिका आफ्ना शिद्धान्तहरु गौण हुने गर्दछ्न देशलाई संकटबाट मुक्त गराउनको लागि कम्युनिस्ट पृष्ठभुमि भएका र गैर कम्युनिस्ट पृष्ठभुमि भएका राजनैतिक दलको एक्यवद्धताले ठुलो अर्थ राखेको देखिन्छ।शान्ति सम्झौताको विषयमा होस वा पर्तिगमनकारी विरुद्धमा होस जहाँ पनि राज्य संकटको समयमा बाम लोकतान्त्रिक शक्तिको एक्यवद्धतानै आवश्यक रहेको देखिन्छ।
गत स्थानीय तहको निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनले पाएको सफलता र उक्त गठबन्धनबाट नेपाली जनताले महसुस गरेको राहतलाई मध्यनजर गरेर आगामी मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनको लागि बाम लोकतान्त्रिक गठबन्धनले निरन्तरता पाएको छ र यो नै आजको प्रमुख आवश्यकताको रुपमा रहेको छ।
बाम लोकतान्त्रिक गठबन्धन आजको आवश्यकता किन?
पर्तिगमनकारी शक्तिलाई पराजित गर्न,झुटा आश्वासनबाट मुक्त हुन, भ्रष्टाचार मुक्त र सुशासन युक्त राज्यप्रणाली संचालकन गर्न,राज्यको सम्पती माथी हुने दोहन रोक्न,समानान्तर रुपमा देशको विकास गर्न, यथास्थितिबादी सोचबाट मुक्त भइ अग्रगामी सोचको विकास गर्न,संघीयताको संरक्षण गरि यसलाई मलजल गर्न ,संविधानको रक्षा गर्न ,संविधानको अक्षरस लागू गर्न , सहिदको सपना साकार गर्न ,ब्यक्तिबादी सोच हाबी हुन नदिनका साथै मुलुकमा कानुनको शासन कायम गरि जनमतको कदर गर्दै रास्ट्रलाई नया युगमा रुपान्तरण गर्न।
अनेक बिचारधारा बोकेका र अनेक पृष्ठभुमि भएका नागरिकका आवाजको सम्बोधन गर्न विभिन्न बिचार अनि पृष्ठभुमि अङ्गालेका राजनैतिक दलहरुको गठबंधन निर्माण गरिएको छ । निर्वाचन अघिनै गठबन्धन गरि निर्वाचनमा भाग लिएमा निर्बाचन पछि सरकार निर्माण गर्न र साझा बिचार भएकोले बिकास निर्माणका कार्यहरु अघि बढाउन सहज हुन्छ। देशै भरी एकरुपताका साथ विकास गर्न सकिन्छ,स्पष्ट बहुमत प्राप्त गरि नितिनिर्माण देखि सरकार सन्चालनमा सहजता आउने हुदा गठबन्धन अहिले अपरिहार्य बनेको छ।
गठबन्धनलाई बिपक्षीहरुले जुनसुकै कुरामा ब्याख्या गरेपनी कसैको पन स्पष्ट बहुमत नआउने परिपक्षमा पुर्ब तयारी सहित गठबन्धन गर्नु दीर्घकालीन हुने हुदा बाम लोकतान्त्रिक गठबन्धन समग्र देश र जनताको निमित्त बनेको गठबन्धन हो।
हजारौं सहिदको बलिदान पश्चात् निर्माण भएको संघीयलोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रक्षा गरि समाजबाद उन्मुख राज्य निर्माणका खातिर बाम लोकतान्त्रिक गठबन्धन आजको प्रमुख आवश्यकाताको रुपमा रहेको छ।
लाइभदाङ । २६ कार्तिक २०७९, शनिबार १६:४२ बजे