सल्यानको विकासमा अहोरात्र खटछुः अधिकारी

सल्यान, २५ कात्तिक ।
सल्यान प्रदेस सभा ‘ख’ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुरेश अधिकारीले सल्यानको विकासमा अहोरात्र खटने प्रतिवद्दता व्यक्त गरेका छन ।

छत्रेश्वरि गाँउपालिका–६ मा भएको कार्यक्रमा बोल्दै प्रदेस सभा ‘ख’ का उम्मेदवार अधिकारीले त्यस्तो बताएका हुन ।
मेरो प्रमुख उदेश्य भनेकै सल्यानको विकास र सल्यानि जनताको आर्थिक उन्नति हो , त्यसका लागि म अहोरात्र लागि पर्ने छु अधिकारिले भने ।

अधिकारीले यसअघि शारदा नगरको मेयर हुदा मैले गरेका विकासका काम हेरेर पनि तपाईंहरुले मेरो मुल्याङकन गर्न आग्रह गर्दछु । अधिकारीले आफुमा कुनै खालको अन्य लोभ,लालच,मोह नरहेको भन्दै सल्यानको विकास नै आफ्ने प्रमुख एजेण्डा भएको दावि गरे ।


सिंगो सल्यान विशेष गरेर प्रदेस सभा ख विकासमा पछाडि परेको छ , अब यहाको शिक्षा ,स्वस्थ्य , सडक पुर्वाधारमा लगानि गरेर समृद्द बनाउनु छ , त्यसका लागि म र गठवन्धनका साझा उम्मेद्वार प्रकाश ज्वालालाई विजयी बनाउन आग्रह गर्दछु अधिकारीले भने ।

मंसिर ४ पछि संघ र प्रदेस दुवै तर्फ गठवन्धनको सरकार वन्ने जिकिर गर्दै अधिकारीले आफुहरुले जिते मात्र सल्यानको भने जस्तो विकास गर्न सकिने बताए । नेपाली काग्रेसका क्षेत्रीय सभापति समेत रहेका अधिकारीले अर्को प्रसङ्गमा बोल्दै केपि वलिको अधिनायकवादका विरुद्ध बाम लोकतान्त्रिक गठवन्धन बनाउनु परेको वताए ।