बाढी पीडितलाई तुलसीपुरका भिमसेन केसीको सहयोग

तुलसीपुर, ११ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी भिमसेन केसीले भोटेकोषी बाढी पीडितलाई सहयोग गरेका छन् । प्रधानमन्त्री राहात कोषमा केसीले १५ हजार पाँचसय ५५ रुपैँया सहयोग गरेका हुन् ।


उनले देशमा परेको शंकटमा सबैले साथ दिनुपर्ने भन्दै आफूले सहयोग गरेको बताएका छन् । साथै राहात कोषमा सहयोग गर्न अपील समेत गरेका छन् ।