तुलसीपुर
११ भदौ / दाङमा पनि लगातार तीन दिन बर्षा हुने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ ।
जिल्ला विपद व्यबस्थापन समितिले एक सूचना जारी गरि शुक्रबारदेखि तीनदिनसम्म बर्षा हुने भएकाले नदी आसपासका क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सुचना जारी गरि नदीमा काठ दाउरा लिन पनि नजान आग्रह गरेका छन् ।
लाइभदाङ । ११ भाद्र २०७८, शुक्रबार ०९:४६ बजे