दलित मुक्ति मोर्चा गढवाको अध्यक्षमा परियार

दाङ
१० भदौ /  नेपाल दलित मुक्ति मोर्चा गढवा गाउँपालिकाको प्रथम सम्मेलन भएको छ ।

सम्मेलनले ज्ञानबहादुर परियारको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटि निर्माण गरेको छ । मोर्चाका दाङ जिल्ला सचिवालय सदस्य सहविर बिकको अध्यक्षता तथा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य प्रमोद शर्माको प्रमुख आतिथ्य एवं मोर्चाका जिल्ला संयोजक हिरालाल सुनार‘सारथी’को बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा माओवादी केन्द्रका जिल्ला सदस्य राजेन्द्र नेपाली, मोर्चाका जिल्ला सहसंयोजक बसन्त नेपाली, माओवादी केन्द्र गढवाका सचिब सर्वजित घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा डेढसहित बढिको सहभागिता रहेको अध्यक्ष परियारले बताए ।


No description available.

No description available.

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'