प्राविधिकको टोली सहित अध्यक्ष बुढाथोकी सिमाक्षेत्रमा

दाङ, २३ मंसिर ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी सहितको एक टोलीले खंग्रानाकामा रहेको एकीकृत सेवा भवनको अनुगमन गरेको छ ।

गत वर्ष टेन्डर भएको एकीकृत सेवा भवनको काम अब छिटै संचालन हुने अध्यक्ष बुढाथोकीले बताउनु भयो । त्यस्तै खंग्रानाकामा अधुरो रहेको खानेपानी विस्तारको कार्य पनि अगाडी बढ्ने भएको छ ।

उक्त आयोजनाको काम सुचारु गर्नका लागि लुम्बिनी प्रदेशका प्राविधिक सहितको टोली लिएर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम रोका खंग्रानाका पुग्नु भएको थियो ।


राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले दिएको जानकारी अनुशार अहिले भवन बनिरहेको छ केही समयमा सेवा शुरु हुनेछ । त्यस्तै खंग्रानाकामा पिउने पानीका लागि डिपबोरिङ गडिएको छ ।

प्राविधिकहरुले काम शुरु गर्ने छन र केही समय पछि खंग्रानाका निवासीले पिउने पानी पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।