सुकुम्वासीलाई लालपुर्जा दिन्छौंः दिपक गिरी

तुलसीपुर,१३ कात्तिक ।
गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं.३ का उम्मेदवार दिपक गिरीले तुलसीपुर ९ मा घरदैलो गरेका छन् । सोमबार सोही वडाका विभिन्न स्थानमा पुगेर घरदैलो गरेका हुन् ।

त्यस अवसरमा उनले सोही वडाको अब्यबस्थित रुपमा बसिरहेका सुमुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाए । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीले तुलसीपुर ९ पातुखोलामा तटबन्धन गर्ने समेत प्रतिबद्धता जनाए ।


त्यस अवसरमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष मदन हमालले बताए ।