दोस्रो दिन पनि स्थानीय बजार अनुगमन

निराश पाण्डे
शान्तिनगर, ७ कात्तिक ।
शान्तिनगर गाउँपालिकाले अनुगमनलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ।अनुगमन टोलिले आइतबार शान्तिनगर गाउँपालिका वडा नम्बर ५ अन्तरगत रंगैजा बजार,वडा नम्बर ७ को खैरेनि त्यसै गरि वडा नम्बर ३ को पातेटाकुरा, माले चौपारी, आले चौपारी र वडा नम्बर ४ को चिराघाट बजारमा गरि झन्डै १ सय बढी पसलहरुमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा पसलहरु अधिकांस सुचिकृत नगरी संचालन गरेको पाइएको छ। अनुगमन टोलिले किराना, खाद्यान्न, कस्मेटिक, ब्युटिपार्लर, मेडिकल , एग्रोभेट, होटेल, फेन्सी, सुनचादी, इलेक्ट्रोनिक, फ्रेस हाउस लगाएतका पसलहरुमा अनुगमन गरेको थियो ।

अनुगमन टोलिले पसल संचालकहरुलाई विधि र प्रक्रियामा आइ संचालन गर्न एक महिनाको समय दिएको छ, भने उक्त समय भित्र दर्ता र सुचिकृत नगरी पसल संचालन गरेमा कारबाही गरिने जनाएको छ।अनुगमनका क्रममा म्याद सकिएका वस्तुहरुलाई आइतबारनै मुचुल्का तयार गरि नष्ट गरिएको छ।


गाउँपालिकाकी उपाध्यक्ष प्रेमा के सि को संयोजकत्वमा रहेको उक्त टोलिमा प्रमुख प्रशासकिय अधिकृत डिल्ली डाङ्गी, प्रशासन प्रमुख कृष्ण कंडेल ,पत्रकार निराश पान्डे, प्रहरी चौकी चिराघाटका सहि मनोहर राम चौधरी , उद्योग बाणिज्य संघ शान्तिनगरका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा त्यसै गरि यादब भुसाल लगाएतको सहभागिता रहेको थियो। अनुगमन तिहार पछि जारी रहने जनाइएको छ।