गठबन्धनको चुनाबी प्रचारप्रसार कार्यालय स्थापना

तुलसीपुर
४ कात्तिक / तुलसीपुर ९ बेलुवामा बाम लोकतान्त्रिक गठबन्धनको चुनाबी प्रचारप्रसार कार्यालय स्थापना गरिएको हो ।

मंगलबार एक कार्यक्रमकाबीच गठबन्धनका तर्फबाट उम्मेदवार तथा काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी, राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा‘अपार’, दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ का उम्मेदवार डिल्लीबहादुर चौधरीले संयुक्त रुपमा उक्त कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा बक्ताहरुले प्रतिगमणका विरुद्धको यो गठबन्धन भएको बताएका थिए ।


निर्वाचन परिचालन समितिका सयोजक डम्मर पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक मदन प्रकाश हमालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा नेताहरु यज्ञ बहादुर केसी, केशब वली ,घनस्याम डाँगी सोभाकर सापकोटा ,घनस्याम ढकाल, मुक्ती न्यौपाने, रामचन्द्र केसीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका दुर्गा शर्माले गरेका थिए ।