तुलसीपुर ६ को अध्यक्षका उम्मेदवार डाँगी भन्छन्: समग्र वडाको विकासकालागि मेरो उम्मेदवारी

तुलसीपुर
१३ वैशाख / वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका लोकराज डाँगीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । डाँगीले गठबन्धनबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसमा लामो समयदेखि निरन्तर खटिएका एक डाँगी समाजसेवी पनि हुन् । पार्टीमा लामो समय सक्रिय भएका उनी पार्टीका बिभिन्न संगठनको कुसलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी पार्टीको क्षेत्रीय प्रतिनिधि छन् ।

उनले आफ्नो उम्मेदवारी समग्र वडको विकासकालागि भएको बताए । ‘मेरो उम्मेदवारी समग्र वडाको विकासकालागि हो’,उनले भने । उनले आफ्नो क्षमता र लगनशीलता नै चुनाव जित्ने आधार भएको बताए ।


समग्र वडाको विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको डाँगीको भनाई छ ।

उनी हाल सिचाइ महासंघका जिल्ला अध्यक्ष तथा राष्ट्रिय पशुपालकसंघ तुलसीपुरका अध्यक्ष हुन् ।