बर्षादले क्षति भएको घर माओवादीले मर्मत गर्‍यो

तुलसीपुर, २७ असोज । बर्षादले क्षति पुर्‍याएको घरलाई माओवादीले मर्मत गरेको छ ।

जनातासंग माओबादी बिशेष रुपान्तरण अभियान अन्तर्गत तुलसीपुर वडा न.९ को सरस्वती टोल राउटेचवर निवासी लालबिर खड्काको घर मर्मत गरिएको छ । पार्टीको वडा कमिटिको आयोजनामा उक्त घर मर्मत गरिएको हो ।

पार्टी सदस्य समेत रहेका खड्काको घरलाई पार्टीले श्रमदान गरेर मर्मत गरेका हुन् । बर्षादले क्षति पुर्‍याएपछि त्यो घरमा बस्न सक्ने अबस्था थिएन ।


सोही घरलाई वडाका अभियान संयोजक सीता वली, नगर सल्लाहकार दाेर्ण प्रसाद केसी , वडा इञ्चार्ज केशव वली, वडा सहइन्चार्ज दुर्गा प्रशाद शर्मा, वडा कमिटी अध्यक्ष मदन प्रकाश हमाल, उपाध्यक्ष पुस्ताराम खरेल, सचिब प्रेम ब. बिक, भिम बहदुर वली, बिनोद शर्मा , मोतीराम केसी ,तिलक महतरा ,पुष्पा वली, काली बहादुर नेपाली, कमला रावत, विष्णु गिरी,राम ब सुनारलगायतको सहभागितामा घर मर्मत गरिएको हो ।

घर मर्मत गरेपछि त्यो घरमा बस्न थालिएको छ । जनतासंग जोडिएका यस्ता समस्या समाधान गर्न माओवादीले गरेको यो प्रयत्न स्रहानिय रहेको उनले बताए । सोही अबसरमा एमाले परित्याग गरि खिम प्रशाद भट्टराई माओवादी केन्द्रमा फर्किएका छन् ।