आफन्तिसंग सहमति भएपछि घाेराही-तुलसीपुर सडक खुल्याे

दाङ, १७ पुस । बसको ठक्करबाट स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध भएको सडक संचालनमा आएको छ । पिडित पक्ष र यातायात व्यवसायी बिच गएराती राती ११ बजे सहमति भएपछि घोराही-तुलसीपुर सडक संचालनमा आएको छ ।

सोमबार दिउँसो चार बजेतिर घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको थियो ।


तुलसीपुर-१८ जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गर्दा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको गरेको भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिएको हो ।घटनापछि मृतक बालकका आफन्तले दुधरासमा गाडीमाथि तोडफोड गर्दै सडक अवरुद्ध पारेका थिए । गएराती अबेरसम्मको छलफलपछि सहमती भएर सडक अहिले संचालनमा आइसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो । तर शब आफन्तले बुझेका छैनन् । बालकको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ ।