दाङमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

दाङ, ३ कात्तिक ।
दाङमा लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नंम्बर ७ पर्सा निबासी २६ बर्षिय किशोर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनलाई जिल्ला अदालत दाङले २०७५ साल भदौ २ गते लागुऔषध मुद्धामा ८ महिना १८ दिन कैद सजाय र २५ हजार रुपैया जरिवाना तोकेको थियो ।

प्रहरीका अनुसार उनलाई खोजितलासी गर्दै जादा आज बिहिबार घोराहि उपमहानगरपालिका वडा नंम्बर १७ स्थित सडकखण्मा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा फेलापारी पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई आजै जिल्ला अदालत घोराहीमा उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ ।