यामाहा बाइकको खरीदमा नगद छुट देखि चाँदी र सुन उपहारसम्म

देवराज कडेल
तुलसीपुर, २२ असोज ।
यामाहा मोटरसाइकलले दशै र तिहारलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ ।

‘रेस फर दि एस’ नारा सहित सार्वजनिक भएको उक्त स्किम अन्तर्गत बम्परमा एकजना विजेताले १२ तोला सुन उपहार पाउनेछन् । यो अफरले ग्राहकको मोटरसाईकल चढ्ने सपना पूरा गरेको तुलसीपुर स्थित यामाहाको आधिकारी बितरक ड्रिमल्याण्ड ट्रेडर्सका प्रमुख लंक बहादुर खड्काले जानकारी दिए ।


फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् । त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ ।

बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।