दाङमा अटो रिक्सा र मोटरसाईकल ठोक्किदा पाँचजना घाईते

भरत केसी
तुलसीपुर, ९ भदौ ।
दाङमा बुधबार विहान अटोरिक्सा र मोटरसाईकल ठोक्किदा पाँचजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका नं. १६ को विजौरी–भोजपुर सडकखण्डको गणेशपुरमा रा ५ प ५०६३ नम्बरको मोटरसाईकल र रा १ ह २८०९ नम्बरको अटो एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर १६ लक्ष्मीपुरका हस्तलाल बोहोरा र मोटरसाइकल पछाडी सवारा सोही ठाउँका हेमराज चौधरी घाइते भएको प्रहरीले बताएको छ ।

त्यस्तै अटो चालक तुलसीपुर १५ भोजपुरका ३३ वर्षीय तारा बहादुर डाँगी सहित ३ जना घाईते भएको प्रहरी चौकी हेमन्तापुरका प्रमुख माधव श्रेष्ठले बताए । अन्य २ जनाको नामथर, ठेगाना नखुलेको प्रहरीले बताएको छ । अटोमा सवार १ जना भने सकुशल रहेका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि ल्याईएको छ । ति मध्ये केही व्यक्ती गम्भीरुर घाइते भएका छन् ।
घुम्ती बाटो र तिब्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको श्रेष्ठले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भईरहेको छ ।


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'