किसानका समस्या सुन्दै उम्मेदवार मास्की

तुलसीपुर, ३१ असोज ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार धनबहादुर मास्की (राजेश) किसानका समस्या सुन्दै गाउँ–गाउँ पुगेका छन् ।

विहीबार मात्रै मास्की दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित चिराघाट खोलाले बगाएको सिंचाई कुलोको स्थलगत अबलोकन गरेका छन् ।


थपगाउँ–गनारी कुलो बगाउँदा त्यहाँको डेढ सय विघा जग्गामा खेतियोग्य जमिन बाँझो हुने अबस्था आएकाले त्यसलाई समाधान गर्ने प्रतिबद्धता जनाए । किसानकै लागि लडेर यो ब्यबस्था ल्याएको भन्दै उनले आफू सधै किसानका समस्यासंग जुध्ने समेत बताए ।