शरद –रोशनी घटना सार्वजनिक गर्दै दाङ प्रहरी

तुलसीपुर २० कात्तिक ।
जिल्ला प्रहरी कार्यालय दाङले शरद –रोशनी घटनाको वास्तविकता सार्वजनिक गर्दै छ । हत्या भएको करिब करिब एक महिना पुग्नै लाग्दा जिल्ला प्रहरी कार्यालय दाङले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आज पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको वास्तविकता सार्वजनिक गर्न लागेको हो ।


हिजो साढे तीन बजे पत्रकार सम्मेलनको आयोजना गरेको प्रहरीले खबर गरेको केही समयमै विशेष कारण बस भन्दै स्थगन गरिएको जानकारी गराएको थियो । गएको असोज २९ तुलसीपुर – १३ स्थित जनकल्याण सामुदायिक वनको जङ्गलमा दंगीशरण गाउँपालिकाको थपगाउँ निवासी १४ वर्षका शरद आचार्य र तुलसीपुर–१३ निबासी १५ वर्षकी रोशनी महताराको शव गाडेको अवस्थामा फेला परेको थियो । उनीहरू भदौ २७ गते घरबाट निस्कीएका थिए । प्रहरीले हत्या अरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ ।