दाङमा वडा सदस्यले कुटिन महिला

दाङ,६ जेठ ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं.२ की वडा सदस्य देवा विकले एक महिलामाथि हातपात गरेकी छन् । सोही वडाको विष्णपुरकी ४० बर्षीया कल्पना वली विष्टमाथि कुटपिट गरेकी हुन् । गएको शनिबार साँझ ५ बजेतिर वडा सदस्य विकले आफूमाथि कुटपिट गरेको विष्टको भनाई छ ।

सापटी लिएको पैसा माग्न वडा सदस्य देवा विकका दाई मानबहादुर विकको घरमा गएकी थिइन । त्यही क्रममा वडा सदस्य विक पनि त्यही माइती घर गएकी रहेछिन् । त्यही क्रममा उनले कुटपिट गरेको पीडित वलीको आरोप छ । ‘पैसा माग्न भनि घर गएकी थिएँ, त्यहाँ मानबहादुरका माइती पनि आउनु भएको रहेछ, देवा पनि अनउनु भएको थियो’, उनले भनिन्‘त्यसपछि मानबहादुरका माइती गएपछि देवाले किन घरमा आएको भन्दा पैसा लिन आएको भनेर जवाफ दिएपछि हातपात गरिन् ।’


मानबहादुरले केही समय अघि लिएको एक लाख २० हजार रुपैँया सापटी रुपैँया फिर्ता माग्न गएको वलीले बताईन् । तर, पाहुना आएको बेला किन आएको भनि कुटपिट गरेको उनको भनाई छ । वलीको टाउकोमा चोट लागेको छ । साथै वलीले कानुनी कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी पनि दिएकी छन् । घटना पछि वडा कार्यालयले छलफल पनि गराएको थियो । तर, त्यो छलफलले केही निष्कर्ष निकाल्न सकेन् ।

आफूले कुटपिट गरेको कुरा वडा सदस्य विकले पनि स्वीकार गरेकी छन् ।‘उहाँ(वलीले) पैसा नदिए घर आगो लगाईदिन्छु भनेर धम्की दिनुभयो’, विकले भनिन्‘त्यसपछि हात हालाहालको अबस्था आएको हो ।’ उनी काँग्रेसबाट निर्वाचित वडा सदस्य हुन् ।