शान्तिनगरलाई प्रदेशकै उत्कृष्ट बनाउछौं : बस्नेत

निराश पान्डे
शान्तिनगर
२१ वैशाख / नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले आफूले चुनाव जितेमा शान्तिनगर गाउँपालिकालाई लुम्बिनीकै उत्कृष्ट गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले टोल–टोलमा एम्बुलेन्स सेवा निःशुल्क बनाउने, समेत बताए । त्यसकालागि बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा कांग्रेस उम्मेदवारहरुलाई जिताउन समेत अनुरोध गरे ।

नेपाली कांग्रेस शान्तिनगर ४ ले जुम्लेकुलामा गरेको कोणसभामा कांग्रेस महाधिवेशन प्रतिनिधि केसब आचार्य , कांग्रेस नेता यम प्रसाद शर्मा पाण्डे, पूर्ब गाबिस अध्यक्ष मदन रसिकले लोकतन्त्र रक्षाका लागि कांग्रेस लाई जिताउनु पर्ने बताएका थिए।


कोणसभामा हुनु अघि उम्मेदवार हरुले जुम्लेकुलामा घर दैलो गरेका थिए भने सभाको सभापतित्व प्रचारप्रसार संयोजक टीका राम तिवारीको अध्यक्षतामा भएको थियो। नेपाली कांग्रेस वडा नं.३ ले पनि मंगलबार कार्यक्रम गरेको छ ।