
तुलसीपुर, १४ पुस ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्य,राष्ट्रिय साना सहरी खानेपानी र प्रेस सेन्टरमा नवनिर्वाचित टीमलाई बधाइ ज्ञापन गर्दै सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत, उपाध्यक्ष नारायणी रजौरे , सह सचिब वसन्त परियार, सदस्य सुरक्षा चौधरी राष्ट्रिय, कृष्ण न्यौपाने साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका केन्द्रिय अध्यक्ष खेमराज वली र प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीलाई शनिबार एक कार्यक्रमका बिच बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।
नेपाल घरेलु तथा सना उद्योग महासंघका अध्यक्ष लालबहादुर के सी ले सम्पुर्ण निर्बाचित ब्यक्तिहरुलाई बधाई दिदै साना तथा घरेलु उत्पादनलाई प्रोत्साह र प्रबर्द्धन गर्न पत्रकारको भुमिका महत्त्वपूर्ण हुने बताए । स्थानीय वस्तुको उत्पादन र बजारीकरण गरी घरेलु तथा साना उद्योगीको प्रोत्साहन हुने र आर्थिक विकास पनि हुने उनको भनाई छ । स्थानीय उत्पादनको प्रयोगमा बढवा दिनका सबैले आ–आफ्नो ठाउँबाट सचेतना फैलाउन आवश्यकता रहेको अध्यक्ष के सी ले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत, उपाध्यक्ष नारायणी रजौरे, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका केन्द्रिय अध्यक्ष खेमराज वली पत्रकार आशिष केसी लगायतले बोलेका थिए । उक्त कार्यक्रमको सहजीकरण घरेलुका महासचिव भद्र वलीले गरेका थिए ।



लाइभदाङ । १४ पुष २०८१, आईतवार ०८:२९ बजे