मोटरसाईकलको ठक्करबाट दाङमा बालकको मृत्यु

तुलसीपुर, २८ असोज ।
पश्चिम दाङमा मोटरसाईकलको ठक्करबाट ४ बर्षका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनी निबासी केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।


हापुरेबाट तुलसीपुर तर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–२ निबासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना खैरेनिमा पौने पाँच बजे भएको थियो ।