
दाङ, २ मंसिर ।
घोराही–७ उत्तरवाहिनी क्षेत्रमा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्याचल सफल बनाउन दाता पहिचान समिति विस्तार गरिएको छ।
समितिका सदस्य–सचिव प्रकाश भट्टराईका अनुसार दाता पहिचान समितिको संयोजकमा नागरिक समाज दाङका पूर्व संयोजक तथा अगुवा व्यवसायी चन्द्रराज पन्तलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, सामाजिक अगुवा भूपबहादुर डाँगी, बयालडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ सदस्यका रूपमा चयन गरिएको छ।
आगामी महायज्ञलाई परिणाममुखी बनाउन तथा मन्दिर निर्माण र गुरुकुल सञ्चालनमा सहयोग जुटाउन समितिले सम्पूर्ण क्षेत्रवासी, धार्मिक श्रद्धालु तथा भक्तजनहरूलाई सहयोग गर्न आग्रह गरेको छ।
महायज्ञ मूल आयोजक समितिको अध्यक्षमा घोराही–७ का वडा अध्यक्ष खोपिराम चौधरी रहेका छन्।



लाइभदाङ । ३ मंसिर २०८२, मंगलवार ०७:३३ बजे