तुलसीपुर, १६ भदौ ।
जनसेवा बचत तथा ऋण सहकारी संस्थाले तुलसीपुर ७ गणेशपुर पार्कमा तीजको अवसर पारेर शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका ७ का अध्यक्ष राम बहादुर जिसिको आथित्यतामा कार्यक्रम भयको हो । प्रमुख अथिति जिसीले नेपाली चेलीहरुको महान पर्व तीजलाई तडकभडक भन्दा पनि मेलमिलाप र संस्कृति संरक्षणको रूपमा लिनु पर्ने बताउनु भयो । संस्कृतिको नाममा विकृति भित्र्याउन हुँदैन। यसले समाजलाई समेत हानि गर्छ जिसीले भन्नु भयो । नेपाली समाजमा तीजको महत्व पृथक छ। यसलाई संरक्षण गरेर अगाडि बढ्नु पर्छ । सहकारीको माध्यमबाट धेरै महिला दिदी बहिनीहरु आत्मनिर्भर भयको खुसियालीमा भेटघाट कार्यक्रमले थप उर्जा थपेको प्रमुख अथिति जिसीले बताउनु भयो ।
संस्थामा बचत गर्ने पुरुषको संख्या भन्दा महिलाको संख्या बढी रहेको छ । २०५६ सालमा स्थापना भएको सहकारीले धेरै धेरै मानिसको आर्थिक अवस्था बलियो बनाउँदै लगेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसी,जनसेवा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद भण्डारी, लेखा समिति संयोजक सुनिल खनाल लगायतकाले शुभकामना व्यक्त गर्नु भयो।
संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक विमला शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक केसीले गर्नु भएको थियो ।
लाइभदाङ । १६ भाद्र २०८१, आईतवार ११:५३ बजे