दाङ क्षेत्र नं. २ मा गठबन्धनबाट रेखा शर्माको उम्मेदवारी दर्ता

तुलसीपुर, २३ असोज ।
आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर – २ बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छिन् ।

जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारीसँगै शर्माको प्रतिस्पर्धा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग हुनेछ ।


यसैगरी प्रदेश सभातर्फ भने (१) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल तथा (२) मा पनि कांग्रेसकै प्रचण्ड बिक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।