घनश्याम पाण्डे : एमालेका मुख्यमन्त्री उम्मेदवार

तुलसीपुर,२२ असोज ।
नेकपा एमालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा घनश्याम पाण्डेलाई अगाडी सारेको छ । संघीय उम्मेदवारका रुपमा सिफारिस भएपनि सम्पूर्ण प्रदेशको नेतृत्व गर्ने गरी उनलाई दाङ्ग ३ (क) बाट उम्मेदवार बनाइएको हो । पाण्डे नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।

“प्रदेशको नेतृत्व गर्ने गरी उहाँलाई केन्द्रीय तहबाटै मुख्यमन्त्रीका रुपमा उम्मेदवार बनाइएको हो।” एमाले जिल्ला स्तरिय एक नेताले बताए ।


२०५४ सालमा तत्कालिन तुलसीपुर नगरपालिकाको उपप्रमुख भएका पाण्डे २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका गेहेन्द्र गिरीसँग फराकिलो मतान्तरले विजय हासिल गरेका थिए । पाण्डेले नगरप्रमुखका रुपमा तुलसीपुरमा विभिन्न महत्वपूर्ण योजनाहरु सम्पन्न गरिसकेका छन् ।