भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति गढवा गाउँपालिकामा श्रद्धाञ्जली

आलोक भावुक
गढवा, २२ भदौ ।
भोटेकोशी रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा आज राष्ट्रिय शोक दिवस मनाइएको छ।

संघीय सरकारको निर्णयबमोजिम गढवा गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य सहभागीहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरेका छन्।


कार्यक्रममा बाढी तथा विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि प्रार्थना गरिएको थियो। सो अवसरमा राष्ट्रिय झण्डासमेत झुकाइएको थियो।

विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारका लागि कामना गरिएको छ।