जननेता भण्डारीले संस्कृत शिक्षा पढेकाले नै सृजनात्मक क्षमता थियोः राष्ट्रपति भण्डारी

दीपक बोहरा,
दाङ,३ फागुन ।
राष्ट्रपति विद्यादेवी भडारीले संस्कृत शिक्षासंग आफ्नो ब्यक्तीगत र भावनात्मक सम्बन्ध रहेको बताईन् । बुधबार दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद शिक्षणको भवन उद्घाटन गर्दै उनले यस्तो बताईन् । ‘यस संस्कृत शिक्षासंग मेरो ब्यक्तीगत र भावना सम्बन्ध पनि रहेको छ’,उनले भनिन्‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहन्थ्यो, संस्कृत बाङ्मयको गहन अध्ययन गरेको हुनाले नै उहाँमा सृजनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुणहरु विद्यमान थिए ।’

जननेता भण्डारी आफ्नो जीवनकालमा धेरै पटक दाङ आएको भन्दै तत्कालिन अबस्थामा दाङको सामाजिक र प्राकृतिक विशेषताको बर्णण गरेको पनि स्मरण गरिन् ।

दाङ उपत्यका नेपालको ठूलो उपत्यका मध्येको एउटा उपत्यका रहेको र मानव सभ्यताको विकास भएको स्थानका रुपमा पनि चिनारी रहेको उनको भनाई थियो । त्यसमा पनि नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयलाई थप उचाई थपेको समेत बताईन् ।‘संस्कृत भाषा, बाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुने भएपछि नयाँ आयाम समेत थपिएको छ’,उनले भनिन्‘मध्यकालिन समाजका विभिन्न बिषयमा जानकारी दिने हजारौ, दुर्लभ ग्रन्थ सांस्कृत भाषामा लेखिएका छन् ।’

साथै उनले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्नु विश्वविद्यायको कर्तब्य हुने बताईन् । साथै उनले शिक्षण भवन उद्घाटनसंगै यसले सयौं आर्युवेदका स्नातक उत्पादन हुने समेत विश्वास ब्यक्त गरिन् । साथै उनले सस्कृत ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने समेत बताईन् । कोरोनालेले गर्दा आयुर्वेदको विश्वास थप बेढेको भन्दै पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पतिका रुपमा आयुर्वेदलाई लिने गरिएको समेत राष्ट्रपति भण्डारीको भनाई थियो । आयुर्वेद,योग,ध्यानलगायत मानिशको शारिरीक तथा मानसिक स्वास्थ्यसंग सम्बन्धित अनेकौं उपचार पद्धतिको खोज अनुसन्धानकालागि पनि संस्कृत विश्वविद्यालय क्रियाशिल हुनुपर्ने बताईन् ।

साथै ऋषिमुनीहरुले नासोका रुपमा छोडेको आयुर्वेद, योग, प्राकृतिक चिकित्सा विधि, बौद्धिक कृषि, स्तापथ्य, बास्तु शास्त्रजीता विषयलाई आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउनुपर्ने समेत बताईन् ।


विश्वविद्यालयको थुप्रै चल, अचल सम्पति रहेको भन्दै त्यसलाई संरक्षण गरि आयआर्जन मुलक कार्यमा लगाउनु पर्ने समेत उनको  भनाई थियो ।

राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरुले लिनुपर्ने बताईन् ।‘नेपालको राजनीतिक, सामाजिक, आर्थिक, नैतिक पुननिर्माण गर्दै यी सबैको समष्टिगत रुप सांस्कृति रहेको भन्दै यसको पुननिर्माणको संघारमा हामी उभिएका छौं’,उनले भनिन्‘हाम्रो परिकल्पना केवल आर्थिक संमृद्धि र भौतिक सुखसंग मात्रै सम्बन्धित छैन । सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासंग पनि सम्बन्धित छ । हामी सांस्कृतिक पुर्नउत्थानको महान यात्रामा गतिशिल छौं ।’

त्यस अवसरमा सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सांस्कृत विश्वविद्यायलाई ब्यबस्थित गर्नकालागि सहयोगी बन्ने बताईन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कुलसचिब माधव अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने विश्वविद्यालयका बारेमा शिक्षाध्यक्ष भिमप्रसाद खतिवडाले मन्तब्य ब्यक्त गरेका थिए ।

आयुर्वेदमा स्नातक(विएएमएस) को अध्ययनकालागि उक्त भवन निर्माण भएको हो । सोही भवन २०७४ साल असारमा निर्माण पूरा भएको हो । २४ लाख ७० हजार बढि लागतमा निर्माण भएको उक्त भवनका तीन वटा खण्ड छन् । तीन तलाको रहेको उक्त भवनमा एकसय ८ वटा कोठा रहेका छन् । निर्माण भएको ५ बर्ष पछि मात्रै उद्घाटन गरिएको हो । सोही भवनमा कोरोनाको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना बिशेष अस्पताल पनि सञ्चालनमा ल्याएको थियो ।

त्यो भन्दा अघि विएएमएसको अध्यापन र प्रयोगात्मककालािग ओपीडी सेवा समेत सञ्चालनमा थियो । तर,अहिले अध्ययन भइरहेको भएपनि ओपीडी सेवा भने सञ्चालन हुन सकेको छैन । ओपीडी सेवा सञ्चालन नहुँदा त्यहाँका विद्यार्थीहरु प्रयोगात्मककालागि प्रादेशि आयुर्वेद चिकित्सालय विजौरी जानुपर्ने अबस्था रहेको छ । अलिहे ११ औं ब्याजका विद्यार्थीहरुको पढाई भइरहेको छ । ६ ब्याज उत्तिर्ण भएर गइसकेका छन् ।