बबईमा आएकाे बाढीले राप्ती लाेकमार्गमा आवतजावत ठप्प, दशै मान्न गएकाहरू अलपत्र

दीपक बाेहरा
दाङ,१९ असाेज ।
नियमितकाे बर्षाले गर्दा बबई नदीमा आएकाे बाढीले राप्ती लाेकमार्ग अबरुद्ध भएकाे छ । लाेकमार्गमा पर्ने तुलसीपुर १२ र १३ नम्बर वडा जाेड्ने सितलपुर पुलदेखि पश्चिम तिरकाे कच्वेमा पानीकाे बहाब अत्याधिक बढेकाे छ । जस्ले गर्दा नेपालगञ्ज हुँदै आएका यात्रुहरू आवतजावत गर्न सकेका छैनन् ।

ठूला सवारी पनि आवत जावत गर्न सकेका छैनन् । यात्रुलाई वारपार गराउनकालागि तुलसीपुर उपमहानगरपालिकाले जेसीवि र टिप्पर पठाएकाे छ । तर, टिप्परपनि पार गर्न सकेपनि वारी आउन नसकेकाे तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चाैधरीले बताए । उनका अनुसार कच्वेकाे बीचमा रूख अड्किएकाले त्याे जेसीबीले हटाएपछि मात्रै आवतजावत सहज हुने अपेक्षा लिईएकाे छ । अहिले त्यहाँकाे अबस्था सहज बनाउन उपमहानगरपालिकाकाे बिपदकाे टाेली त्यहाँ पुगेकाे छ ।


कच्वेमा दिउसाेदेखि पानीकाे बहाब बढेकाे हाे । पानीकाे बहाब बढेपछि दशै मान्न गएकाहरू घर फर्किन सकेका छैनन् । पुल देखि पश्चिम तिरकाे बस्ति पनि उच्च जाेखिममा परेकाे छ । त्यस्तै पुलकाे पूर्ब तिरकाे खालि जग्गामा पनि पानीले भरिएकाे छ । मंगलबारदेखिकाे नियमित बर्षाले दाङका अन्य नदी तथा खाेलामा पानीकाे बहाब बढेकाे छ । जसले गर्दा जनजीवन प्रभाबित भएकाे छ ।

बर्षादले गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को बखरीया, वडा नं. ११को मोतिपुर, दंगीशरणकाे बाकी लगायतका आसपास क्षेत्र उच्च जोखिममा रहेका छ्न । जिल्ला बिपत ब्यबस्थापन समितिले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।