दाङमा डेँगुबाट महिलाको मृत्यु

दाङ
२७ भदौ / दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो ।


प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतका अनुसार सोमबार विहान नै ति महिला डेंगु संक्रमित भएर प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।

सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।