विकासको एउटा आधार ब्यबसाय हो :अपार

तुलसीपुर,८ वैशाख । राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले ब्यबसायीहरु भनेको विकासको आधार भएको बताएका छन् ।

पार्टी निकट ब्यबसायीहरुको संगठन नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुर नगर कमिटिको आयोजनामा शनिबार तुलसीपुरमा भएको नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि अपारले ब्यापार, ब्यबसायको विकास हुनले नै त्यहाँको विकासमा प्रभाब पार्ने बताए । साथै ब्यबसायीहरु अन्य विकासमा पनि जोडिनुपर्ने बताए ।

संगठनका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, पार्टीका दाङ ३ का सहइन्चार्ज प्रेमराज वली‘प्रभात’, पार्टीका नगर इन्चार्ज डिल्ली अधिकारी, महासंघका केन्द्रीय सदस्य यज्ञबहादुर केसी, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, पार्टीका प्रदेश कमिटि सदस्य खेम वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


त्यस अवसरमा ब्यबसायीहरु एकजुट भएर अगाडी बढ्नु पर्ने समेत बताएका थिए ।