घोराही, ११ जेठ ।
दाङको घोराही उपमहानगरपािलका वडा नं. १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको विभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको हो ।
गुरुकुल एकेडेमी घोराहिका विद्यार्थी विभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानिपुरी ,कुनैमा मकै , कुनैमा खरबुजा , कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरीरहेका थिए । त्यो कुनै वास्तविक ब्यबसाय नभएर घोराहिमा रहेको गुरुकुल एकेडेमिले पढाई संगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो ।
२०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवातिबाट नै आफ्नो विद्यार्थीहरुलाई यस्ता अतिरीक्त क्रियाकलापमा सहभागि गराउदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी ब्यबहारमा उतार्ने उद्धेश्यका साथ बजारका विभिन्न ७ वटा चोकमा विभिन्न ब्यबसाय गरीएको विद्यार्थीहरुले बताएका छन् ।
कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु यो कृयाकलापमा सहभागि भएका थिए । विद्यार्थीले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११मा अध्ययनरत छात्रा बिनिता थापाले बताइन । गुरुकुल एकेडेमिका विद्यार्थीहरुले उत्पादन गरेका विभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन । विद्यार्थीहरुले बनाएको खाने कुरा खादै ग्राहक नेव बहादुर केसिले विद्यार्थीहरुको कामको प्रशंसा समेत गरेका थिए ।
गुरुकुल एकेडेमिमा अध्यनरत विद्यार्थीहरुको यो कृयाकलाप प्रति अभिभावकहरु पनि निकै उत्साहित हुदै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मिले बताउनुभयो । विद्यार्थीको यो ब्यबसाय गर्ने कला र उनिहरुको काम प्रति विद्यालय पनि निकै खुसि भएको छ । शिक्षा संगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको विद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अवय शाहले बताउनुभयो ।
पढाई पछि भबिष्यमा सबै विद्यार्थीहरु केहि न केहि पेशामा लाग्ने भएको हुदा र कुनै विद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो । सैदान्तिक शिक्षा संगै ब्यबहारीक शिक्षाको आवश्यकता रहेको भन्दै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उहाँको भनाई छ ।
विद्यार्थीहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन । विद्यालयका शिक्षकहरु विबेक देबकोटा, भुगोल कवर मगर , अजय शाह , राजन अधिकारी लगायत विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसी लगायतको निगरानिमा कार्यक्रम सम्पन्न भएको छ ।
लाइभदाङ । ११ जेष्ठ २०८१, शुक्रबार २०:२१ बजे