शान्तिनगरको खानेपानीको अध्यक्षमा मल्ल

निराश पान्डे
चिराघाट, ११ असोज ।
शान्तिनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति स्किम नम्बर एक शान्तिनगर गाउँपालिका ३ र ४ को एघारौं साधारणसभा सोमबार शान्तिपुरमा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बस्नेतले समाज निर्माणमा सबै एक हुन जरुरी रहेको बताउदै अध्यक्ष बस्नेतले खानेपानी जस्तो संबेदनशिल विषयमा राजनीति भन्दा माथी उठेर काम गर्नुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि शान्तिनगर वडा नम्बर तिनका अध्यक्ष मीन बहादुर के सि, नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति चेत बहादुर डाङ्गी, नेकपा एमाले ४ नम्बर वडाका अध्यक्ष तिलक के सि, नेकपा माओवादी शान्तिनगरका सेक्रेटरी प्रेम बि क, बुद्ध माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रताप दाहाल त्यसै गरि सल्लाहकार ठक प्रसाद पुन, युबा संजालका अध्यक्ष कर्णदिप देबकोटा र गोपाल मल्लले शुभकामना मन्तव्य व्यक्त गरेका थिए, भने स्वागत मन्तव्य रुद्र प्रसाद देबकोटाले गरेका थिए।

साधारणसभाले गोपाल मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रूपमा चयन गरेको छ। जसको उपाध्यक्ष तिलक के सि, सचिब मनोज परियार कोषाध्यक्ष कर्णदिप देबकोटा चयन भएका छन।सभाले संस्थापक अध्यक्ष टीका लाल छन्तेल र जग्गादाता बुद्ध माबी शान्तिपुर त्यसै गरि जिबराज कंडेल र तोतकला घर्तीलाई सम्मान गरेको थियो ।


सभामा संगठनात्मक प्रतिबेदन चन्दा सुनार र आर्थिक प्रतिबेदन गुमान सिरिसले प्रस्तुत गरेका थिए।उक्त खानेपानी संस्थाले ५ सय १७ निजि धारा संचालनमा ल्याएको जनाइएको छ, भने संस्थाको कोषमा २४ लाख ६४ हजार ८ सय ९१ रुपैयाँ मौजुदा रहेको छ। एघारौं साधारणसभाको सभापतित्व अध्यक्ष गुरु प्रसाद के सिले गरेका थिए, भने संचालन मनोज परियारले गरेका थिए।