प्रहरी वरिष्ठ नायब निरीक्षक मल्लको निधन

दाङ, १६ माघ ।
वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी अधिकृत पुरान मल्लको निधन भएको छ । उहाँ केही समय यता मुटु सम्बन्धिरोगबाट पिडित हुनुहुन्थ्यो ।

घर विदा गएका मल्लको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेजमा पुर्याइएको हो ।

नेपालगन्जमा पुर्याउदा सम्म मल्लको स्वास्थ्य अवस्था जटिल भएकोले नेपालगन्जबाट उपचारका लागि भारतको लखनउ लैजान चिकित्सकले सल्लाह दिएका थिए ।


मल्ललाई लखनउ पुर्याए पनि चिकित्सकले उपचार सम्भव नभएको भन्दै घर लैजान सल्लाह दिएका थिए । घर ल्याउदै गर्दा उहाँको बाटैमा निधन भएको उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिनु भयो ।

सुर्खेत जिल्ला सिम्ता गापा – ९ घर भइ हाल कोहलपुर नपा -१२ चप्परगौडीमा बस्दै आउनु भएका मल्ल एक इमानदार, कर्तव्य पालक, जुनियर प्रहरी अधिकृत हुनुहुन्थ्यो ।

उहाँले २०५८ सालमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गर्नु भएका मल्ल हाल प्रहरी वरिष्ठ नायब निरीक्षक सम्म पुग्न सफल हुनु भएको थियो । उहाँको एक श्रीमती र तीन छोरी हुनुहुन्छ । उहाँको अन्तिम दाहसंस्कार आजै बाँकेको अगैया स्थित राप्ती घाटमा गरिने उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिनु भएको छ ।