तुलसीपुरमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास शुरु

दाङ, २४ मंसिर । दाङको तुलसीपुर– ६ स्थित हिमाल एकेडेमीमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास सुरु भएकोे छ । सोमबार एक कार्यक्रमकाबीच नमुना अभ्यास सुरु भएको हो । उक्त कार्यक्रमको तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा उनले विद्यार्थीहरुबाट यो कार्यक्रमबाट आधुनिक शैलिमा बैठक,सभा सञ्चालन गर्न सिक्न पर्ने बताए । उनले यो कार्यक्रम नेपालमै पहिलो पटक सुरुवात भएको भन्दै यसले देशब्यापी सन्देश दिने बताए ।

कार्यक्रममा तुलसीपुर ६ का अध्यक्ष दुजमान भण्डारी, संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, तुलसीपुर नगर जेसीजका अध्यक्ष पुण बिक्रम डाँगी,हिमाल एकाड्ेमीका अध्यक्ष बिनय कुमार मिश्र लगाएतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

कानुन संकायका बिद्यार्थीहरुले आयोजना गरेको तीन दिवसीय संयुक्त राष्ट्र महासभाको नमुना अभ्यासमा बैठक सञ्चालन, सम्बोधन, ऐजेण्डा र महासभाबाट पारित गरिने तरीकाका बारेमा जानकारी लिने विद्यालयका प्रधाानाध्यापक मधुसुदन केसीले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत उपस्थित विद्यार्थीहरुलाई सोमबार र मंगलबार प्रशिक्षण दिइने र बुधबार विद्यार्थीहरुले आफ्नो एजेण्डा प्रस्तुत गर्ने प्रधानाध्यापक केसीले बताए ।


नेपालमा परम्परागत शैलिमै सभा बैठक सञ्चालन भई रहदा उक्त विद्यालयका कानुन संकायका विद्यार्थीले विश्व बजारमा समेत उपयोग हुनेखालको पद्धती सिक्न लागेको उक्त नमुना महासभाका संयोजक प्रशंसा केसीले जानकारी दिईन् ।

नमुना महासभाका संयोजक प्रशंसा केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक नबिनकुमार पराजुलीले गरेका थिए ।

संयुक्त राष्ट्र महासभाको नमुना अभ्यासका लागि प्रसंसा केसीको नेतृत्वमा ६ सदस्यीय कमिटि गठन गरिएको छ । नमुना महासभा मंसिर २६ गते सम्म सञ्चालन हुने छ ।