भिक्टोरिया कलेजमा ‘सेल्स डेभ्लपमेन्ट’ बिकास कार्यक्रम

तुलसीपुर
१० असोज / घोराहीमा रहेको भिक्टोरिया कलेजमा पाचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु सेल्स प्रोजेक्टको लागि बजार निस्किएका छन् ।


घोराही उपमहानगरपालिका वडा नं. १९ को दुर्गम मानिने सैघा माबीलाई सहयोग गर्न विद्यार्थीहरु विभिन्न सामान लिएर बजारमा गएका छन् । सामान बेच्ने र संकलन भएको सबै पैसा स्कुलमा लगेर कम्प्युटर ल्याब , पुस्तकालय , फोटोकपी मेसिन , एवम अन्य विभिन्न सहयोग गर्दै आएको छ ।
विद्यार्थीलाई बजार , सेल्ससंगै सामाजिक उत्तरदायित्वको जानकारी दिनुका साथै चौतर्फी रुपमा विद्यार्थीहरुलाइ बजारले मागेको दक्ष जनशक्ति उत्पादन गर्न कलेजले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । बिबिए पढेर सैदान्तिक ज्ञान् मात्रै नभएर बजारको अबस्था, ग्राहकको प्रतिक्रिया बुझ्न सेल्स कामको बास्तबिक अनुभव लिन पाएकोमा आफुहरु खुसी रहेकोे पाचौं सेमेस्टरका सि। आर। अजय कुमार गुप्ताले बताए ।
सोमबार बाट सुरु भएको सेल्स डेभलपमेन्ट कार्यक्रम ३ दिन सम्म संचालन हुने शिक्षक नरेन्द्र बन्जाडेले जानकारी दिए ।