भुकम्पीय जोखिम युक्त घरको प्रवलीकरण गरि हस्तान्तरण

तुलसीपुर
३ मंसिर / घोराही र तुलसीपुरमा प्रबलीकरण प्रविधिबाट बनेको घर हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाको नेतृत्व, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोग र युएसएआडीको तयार नेपाल परियोजनाको अनुदानमा सम्पन्न गरिएको परानो र भूकम्पीय जोखिम युक्त घरको प्रबलीकरण गरी घरधनीलाई हस्तान्तरण गरिएको हो ।

घोराही उपमहानगरापालिका वडा नं. १७ मा रहेको कमला चन्द र तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा रहेको भरत शर्माको एक तलाको पिलरवाला घरको तला थप्ने प्रयोजनको लागि प्रबलीकरण गरिएको हो । उक्त प्रबलीकरण गरिएको घर वडा अध्यक्ष एवं नगर बातारण तथा विपद व्यवस्थापन समिति तुलसीपुरका संयोजक नवराज लामिछाने र घोराही उपमहानगरपालिकाका भवन तथा सडक मापदण्ड विकास शाखा प्रमुख ईन्जिनियर रामधन श्रेष्ठले घरधनीलाई प्रविधि हस्तान्तरणको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा ामिछानेले पुराना र कम्जोर भवनहरुलाई भूकम्पीय प्रतिरोधी बनाउने एक मात्र प्रविधि प्रबलीकरण भएकाले प्रविधिको अवलम्बन गर्नु पर्ने बताउनुभयो ।


ईन्जिनियर अखिल पोख्रेलले नगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउदा आफनो सुरक्षित हुने बताउनु भएको थियो । त्यस्तै ईन्जिनियर रामधन श्रेष्ठले भूकम्पलाई सामान्य रुपमा नठानी भविष्यमा हुन सक्ने क्षेतिलाई आकलन गरी भूकम्पीय जोखिमबाट बच्नको लागि भवन मापदण्ड पालना घर बनाउन र कम्जोर तथा पुराना घरलाई प्रबलीकरण गरी भूकम्प प्रतिरोधी घर बनाउन सबैमा आग्रह गर्दै प्रबलीकरण कार्य विधि बनाई लागु गरिने पनि जानकारी गराउनु भएको थियो । दाङमा हाल सम्म ७ वटा भवन प्रबलीकरण भइसकेका छन् ।