काँग्रेसको समानुपातिक सूचिमा दाङबाट को–को परे ?

तुलसीपुर
९ असोज / नेपाली काँग्रेसले समानुपातिकको बन्द सूचिमा दाङबाट पनि बिभिन्न ब्यक्तीहरुलाई समेटेको छ ।

निर्वाचन आयोगलाई पठाएको बन्द सूचिमा दाङबाट पार्टीका निवर्तमान जिल्ला सभापति कीर्तिबहादुर खड्का, महाधिवेशन प्रतिनिधि विमला योगी र योगेन्द्र चौधरीको नाम समेटिएको छ ।


प्रतिनिधिसभाकालागि उनीहरुको नाम समानुपातिकको बन्द सूचिमा परेको हो । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।