
तुलसीपुर, ०८ साउन ।
पछिल्लो एक हप्तादेखि तुलसीपुरमा ग्यासको अभाब छ । विगतमा दैनिक एक हजार ग्यास खपत हुने गरेकोमा पछिल्लो समय दैनिक दुई हजार बढि माग हुने गरेको छ । दिनभर ग्यासकालागि लाइन लाग्नु पर्ने अबस्था रहेको ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष लालबहादुर केसीले बताए ।
उनका अनुसार उपभोक्ताले ग्यास माग गरेको एक हप्ता पछि मात्रै पाउने अबस्था छ । सीमित मात्रामा ग्यास आउने र उपभोक्ताले पनि ‘स्टक’ राख्ने गरेकाले पनि ग्यासको माग बढिरहेको हो ।
यो समस्या देशभर नै रहेको समेत उनले बताए ।



लाइभदाङ । ८ श्रावण २०८३, शुक्रबार २०:१२ बजे