घोराही, ३० भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुन थाले प्रदेश सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट ६ जनाको नाम सिफारिस गरेको छ ।
माओवादी निर्वाचन क्षेत्र समन्वय समिती २ (ख) को बैठकले तुलसी डाँगी (मिलन), मिना बुढा, श्रीधर पौडेल, बुद्धि प्रकाश चौधरी (सचिन), राजबहादुर परियार र पिताम्बर वलीको नाम सिफारिस गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अजयदीप शर्माले जानकारी दिनुभयो ।
समन्व समितिका संयोजक बुद्धिप्रकाश चौधरी (सचिन) को अध्यक्षता एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा (निशाना) को प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
लाइभदाङ । ३० भाद्र २०७९, बिहीबार १५:३० बजे