दाङमा किन भइरहेकाछन्, हत्याका घटना

केही समय अघि दाङको घोराही दुई प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेका थिए । त्यसको केही महिना पछि नेपाली सेनामा कार्यरत एक ब्यक्तीले तुलसीपुरमा पनि खँडा प्रहार गरि हत्या गरे । यद्यपी तुलसीपुरमा भएको घटनामा नेपाली सेनाका अमलदार सालिकराम बुढाथोकी र हत्या गरिएका टीका रावलबीच १० दिन अघि नै सम्बन्ध विच्छेद भइरसेको थियो । पछिल्लो समय सुरक्षा क्षेत्रमा आबद्ध ब्यक्तीहरूले नै यसरी श्रीमतीको विभत्स हत्या गर्ने गरेका घटनाले समाजलाई थप शसंकित बनाएको छ । यसले समाजलाई कुन मार्गमा लगिरहेको छ, भन्ने प्रश्न पनि उठाउँने गरेको छ ।

पछिल्लो समयमा हत्या हिंसा बढिरहनुले हत्या हिंसा थप प्रोत्साहन भएको हो की भन्ने तर्फ पनि ध्यान दिनुपर्ने अबस्था आएको छ । हत्या, हिंसाका घटना पनि बढिरहेको र दोषी पनि कानुनी कठघरामा आइरहदा पनि यसरी हत्या हिंसा बढ्नु समाजकालागि पक्कै पनि सकारात्मक सन्देश होईन् । यसले समाजलाई गलत मार्गमा लैजान्छ । पछिल्लो समय हुने यस्ता हिंसाका घटना बढिरहनुमा श्रीमान र श्रीमतीबीचमा आशंका पैदा हुनु पनि हो । धेरै जसो घटनाहरू यही कारणले हुने गरेका छन् ।


जिल्लामा जति पनि श्रीमान र श्रीमतीबीचका हत्याका घटनाहरू भइरहेका छन्, अधिकांस श्रीमती परपुरुषसंग लागेको र श्रीमान परस्त्रीसंग लागेको भन्ने नै छन् । यही कारणले जिल्लामा सम्बन्ध विच्छेदका घटनाहरू पनि भइरहेका छन् । पछिल्लो समय यसरी घटनाह बढिरहनु सामाजिक हिसाबले पनि सकारात्मक होईन् । यस्तै कारणले समाजलाई असभ्य, अशान्त बनाईरहेका हुनछन् । यस्तो कार्यलाई न्यूनिकरण गर्न सचेतना अभियानलाई ब्यापक बनाउनु अहिलेको आवश्यकता हो । साभारः अग्रिम साप्ताहिक