दाङ ३(२) : मास्कीले बढाए मतान्तर

तुलसीपुर,७ मंसिर ।
दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश)ले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । ३० हजार ३ सय ८८ मत गन्दा माओवादी केन्द्रका मास्कीले १३ हजार ४ सय ५ र एमालेका हुकुम बस्नेतले १२ हजार ३ सय ४ मत प्राप्त गरेका छन् ।


उनीहरुबीचको मतान्तर १ हजार १ सय १ रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।