तुलसीपुरका ३ वडामा मुक्तिनाथ बैंक तुलसीपुर शाखाद्वारा बैन्किङ चेतना कार्यक्रम सम्पन्न

तुलसीपुर, २५ भदौ ।
मुक्तिनाथ बिकास बैंकले शनिवार ‘जनता बैंकमा होइन बैंक जनतामा जानू पर्छ’ भन्न्ने आफ्नो मुल नाराका साथ देशब्यापी रुपमा बैन्किङ चेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सोही अबसरमा तुलसीपुर शाखाले पनि तुलसीपुर १ को भमके, २ को पहलुवा, कुमलगडि र ८ को टिकरीमा सम्पन्न गरेको शाखा प्रमुख सरोज लामिछानेले बताए । बैंकले बचत गर्नुको महत्त्व, बैन्किङ सेवा सुबिधा , डिजिटल बैन्किङ लगाएत समग्र बैंकको सेवाको बारेमा कार्यक्रम गरेको लामीछानेले बताए ।


देशब्यापी कार्यक्रममा संचालक समिती , प्रमुख कार्यकारी अधिकृतदेखि सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो । मुक्तिनाथ बिकास बैंकले समय-समयमा सामाजिक सेवा सम्बन्धि कार्यक्रम ,बित्तीय साक्षरताका कार्यक्रमहरु गर्दै आइरहेको छ ।